काठमाडौं, शनिबार, १५ जेठ २०७८ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेल सिंहदरवार पुग्नु भएको छ ।
अर्थमन्त्री पौडेल भर्खरै बजेट प्रस्तुत गर्न सिंहदरवार पुग्नु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धि तीनवटा अध्यादेश जारी गरेपछि बजेट प्रस्तुत गर्ने बाटो खुलेको हो ।








































