काठमाडौँ, शनिबार, १५ जेठ २०७८ । कांग्रेस सभापति शेरबहादुर देउवाले ग’णतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
१४औं गणत्रन्त्र दिवसको अवसरमा सन्देश जारी गर्दै सभापति देउवाले लो’कतन्त्रको स्थापना र पु’नर्स्थापनाका ऐ’तिहासिक ज’नआ’न्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्ने श’हिदहरूप्रति उच्च सम्मानकासाथ श्र’द्धाञ्जली अर्पण गर्नुभयो ।
कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शा’सकको चरित्र र व्य’वहारमा निर्भर हुन्छ रहने भन्दै उहाँले लो’कतान्त्रिक ग’णतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समिक्षाको विषय रहेको बताउनुभएको छ ।
‘देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौं । अतः गणतन्त्र दिवसको यो मितिमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न म समस्त नेपालीमा अपील गर्दछु ।
नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२र६३ को सफलता पश्चात नेपाली कांग्रेसको नेतृत्वमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको हो ।’ उहाँले भन्नुभएको छ, ‘नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास गरेर मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’
कोभिड—१९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको बताउँदै उहाँले जनताको जीवनप्रति सरकार सर्वथा उदासिन र संवेदनहीन देखिएको आरोप पनि लगाउनुभयो ।








































