तनहुँ, शुक्रबार, १४ जेठ २०७८ । ब’ङ्गाल खा’डीमा विकसित भएको जलवायु प्रभावले बिहीबार बिहानदेखि भएको भारी वर्षाले तनहुँमा रहेको मर्स्याङ्दी जलविद्युत केन्द्रको उत्पादन बढेको छ ।
बढ्दो गर्मी मौसम भए पनि खडेरीले केन्द्रको उत्पादन घटेको बेला हाल भारी वर्षा हुन थालेपछि उत्पादन बढेको केन्द्रले जनाएको छ ।
प्रि–मनसुन शुरू भएपछि पनि छिटपुट बाहेक पानी नपरेको बेला बिहीबारदेखि भारी वर्षा भइरहेकोले नदीमा पानीको बहाव निरन्तर बढिरहेकोले पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको केन्द्रका इलोट्रिकल्स सुपरभाइजर शिवराम शर्माले जानकारी दिनुभयो ।
तीन वटा युनिटबाट २३/२३ गरी ६९ मेगावाट विद्युत उत्पादन गर्ने यस आयोजनाबाट पूर्ण क्षमता ६९ मेगावाट नै उत्पादन भइरहेको शर्माले बताउनुभयो । ‘‘यो केन्द्रमा धेरै बाढी आएको बेला गेग्राङहरु थे्रगाउने र काठ दाउरा निकाल्न मिल्ने गरी दुई वठा फ्लाट गेट रहेकोले हाल पूर्ण क्षमतामा नै उत्पादन भइरहेको छ’’ सुपरभाईजर शर्माले भन्नुभयो ।








































