काठमाडौँ, शुक्रबार, १४ जेठ २०७८ । प्रतिनिधिसभा वि’घटनवि’रुद्ध परेका सबै रि’ट निवेदनहरुको आजदेखि सर्वोच्च अदालतको संवैधानिक इ’जलासमा सु’नुवाइ सुरू हुँदैछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नै नेतृत्वमा गठन गरेको पाँच सदस्यीय संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् । न्याय परिषद्को सिफारिसमा सं’वैधानिक इजलासका लागि सर्वोच्च अदालतमा पहिल्यै गठन गरिएको १३ जना न्यायाधीशको रोस्टरबाट प्रधानन्यायाधीशले ४ न्यायाधीश छानेर यो संवैधानिक इजलास गठन गरेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको बिहीबार (हिजो) को इजलासले १९ रि’ट निवेदनलाई सं’वैधानिक इ’जलासमा पठाएपछि शुक्रबार (आज) प्रतिनिधि सभा वि’घटनविरुद्धका परेका कूल ३० रिटको संवैधानिक इजलासमा पेशी तोकिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा गरेको प्रतिनिधि सभा वि’घटनविरुद्ध सिधै सं;वैधानिक इजलासमा सुनुवाइ माग गरिएका ११ र हिजो प्रधानन्यायाधीशको इजलासले संवैधानिक इजलासमा पठाएका १९ गरी कूल ३० रिट निवेदनमाथि आजदेखि सर्वोच्च अदालतको सं’वैधानिक इ’जलासमा सुनुवाइ सुरू भएको छ ।








































