गोरखा, शुकरबार, १४ जेठ २०७८ । गोरखा अस्पतालमा को’रोनाका बिरामीलाई उपचार गर्ने गरी १३ वटा एचडियू (हाई डिपेन्डेन्सी यूनिट) वेड सञ्चालनमा आएको छ ।
प्रदेश सरकारले गोरखा अस्पताललाई आज भन्दा ४ महिना अगाडी नै सघन बिरामीको उपचारको लागि भनेर १ करोड १६ लाख रुपैयाँ खर्चेर २८ वटा एचडियू वेड उपलब्ध गराएको थियो । तर, भवनको अभाव देखाउदै अस्पतालले उत्त सामाग्री गोदाममा थन्काएर राखे पछि विरोध जनाउदै आएको थियो ।
कोरोनाको दोस्रो लहर संगै वेड तयार गर्न चौतफी दवाव आए संगै अस्पतालले पहिलो चरण आज (शुक्रबार) देखी १३ वेड सञ्चालनमा ल्याउन लागेको हो ।








































