काठमाडौं, १३ जेठ २०७८ । प्रतिनिधिसभा वि’घटन बि’रुद्धको रिटमा सुनुवाइ जारी छ ।
प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेञ्चमा भैरहेको सुनुवाइमा बहसका क्रममा अधिवक्ता सुनिलकुमार पटेलले १५ जेठमा ल्याइने बजेट रोक्न अन्तरिम आदेश जारी गरिदिनसँग माग गरेका छन् । उनले चुनाव घोषणा गरेर बजेट ल्याउँदा पपुलिस्ट बजेट ल्याउने प्रबल सम्भावना रहेको भन्दै सो माग गरेका हुन् ।
‘हामीले संविधान बनाउँदा १५ जेठमा बजेट किन भन्यौँ भने, डेढ महिनासम्म बहस होस् पार्लियामेन्टमा, छलफल होस् भनेर हो । बजेटमा केही सुधार वा थप्नुपर्ने भए सजिलो होस् भनेर। अहिले संसद छैन र अध्यादेश ल्यायो भने मन्त्रिपरिषदले पारित गरेर राष्ट्रपतिले ल्याउँछन् । यसले गर्दा प्रधानमन्त्री ओली सर्वेसर्वा हुन्छन् ।,








































