गोरखा, १२ जे२०७८ । श्री लोकतान्त्रिक क्लबले दोस्रो चरणको माईकिङ तथा सं´क्रमित टोलहरुको अ´नुगमन सम्पन्न गरेको छ ।
गोरखाको भिमसेन थापा गाँउपालिका वडा नं ३ स्थित श्री लोकतान्त्रिक क्लबले को´रोना महामारीबाट आफ्नो वडामा कुनै किसिमको अप्रिय घटना नघटोस भन्ने उदेश्यका साथ दोस्रो चरणको माईकिङ तथा संक्रमित टोलहरुको अनुगमन गरिएको हो ।
क्लबका अध्यक्ष प्रदीप खनाल आईजी सहितको टोलीले वडा बासीहरुलाई सुसुचित गर्नु भएको छ ।
महामारीको बेला अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन, मास्कको उचित प्रयोग गर्न तथा साबुन पानी ले राम्रो सँग हात धुन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड लाई पूर्ण रुपमा पालना गर्न गराउन आग्रह गरेको क्लवका सह सचिव रामचन्द्र ढकालले बताउनु भयो ।
साथै, आईसोलोसन व्यवस्थापन समिती मार्फत उपलब्ध स्यानीटाइजर, मास्क, कारोना संक्रमितका घरघरमा पुयाएर आवश्यक सल्लाहसुझाव दिइएको ढकाल ले जानकारी दिनुभयो ।








































