काठमाडौँ, बुधबार, १२ जेठ २०७८ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् ।
सोधिएको स्पष्टीकरणमा अध्यक्ष ठाकुरले संसदीय दलको निर्णयअनुसार प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई किन समर्थन गरेको भन्दै प्रश्न गरेका छन् । उनले पार्टी निर्णय विपरित सर्वोच्च अदालतमा रिट लिएर गएकोमा समेत स्पष्टीकरण सोधेका छन् ।
मंगलबार पार्टीको विधानको दफा ४९ अनुसार ठाकुरले यादवलाई ७ बुँदे स्पष्टीकरण सोधेका हुन् । सोधिएको उक्त स्पष्टीकरणको जवाफ ३ दिनभित्र पार्टी कार्यालयमा पठाउन भनिएको छ ।










































