काठमाडौँ, सोमबार, १० जेठ २०७८ । काठमाडौं उपत्यकामा जारी नि’षेधाज्ञा अवधि लम्ब्याउने तयारी गरिएको छ । दोस्रो ल’हरको को’रोना म’हामारी रोकथाम तथा नियन्त्रणका लागि नि’षेधाज्ञा एक साता थप्न लागेको हो ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीका अनुसार स्थिति अझै भ’यावह नै रहेकाले नि’षेधाज्ञाको अवधि लम्ब्याउनुपर्ने देखिएको हो । त्यसका लागि मंगलबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सीडीओको बैठक बस्ने र आवश्यक निर्णय लिने बताइएको छ ।
पछिल्लो समय काठमाडौँ उपत्यकामा थपिएको नि’षेधाज्ञा जेठ १३ गते राति १२ बजे सकिँदैछ ।








































