सिन्धुपाल्चोक, सोमबार, १० जेठ २०७८ । नेपाली काङ्ग्रेस नेता एवं पुर्वमन्त्री मोहनबहादुर बस्नेतद्वारा चार वटा स्थानीय तहमा स्वास्थ्य सामग्री प्रदान गर्नु भएको छ ।
नेता बस्नेतले सिन्धुपाल्चोक जिल्लास्थित मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, इन्द्रावती गाउँपालिका र पाँचपोखरी थाङ्पालकोट गाउँपालिकाहरूका प्रत्येक वडाहरूलाई १ हजारका दरले मास्क वितरण गर्नु भएको हो ।
साथै, नेता बस्नेतले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ सय मास्क ५ थान‚ पिपिई सेट र २ लिटर सेनिटाईजर हस्तान्तरण गर्नु भएको थियो ।
यसैगरी पुर्वमन्त्री बस्नेतले उक्त स्वास्थ्य केन्द्रलाई १० थान आइसोलेसन बेड र १० थान ४० लिटरको अक्सिजन सिलिन्डरको व्यवस्थापन गरिने प्रतिबद्ध समेत गर्नु भएको छ ।
बाह्रबिसेको अरनिको कलेज, सदाबहार अस्पताल खाडिचौर, चौतारा, मेलम्ची, नवलपुर, जलबिरे‚चाकु बजार लगायत विभिन्न ठाउँबाट हालमा अस्थायी रूपमा आवश्यकता अनुसार अक्सिजन सिलिन्डर र बेडहरू राखी सेवा कोरोना सङ्क्रमितको उपचारमा सहयोग गरिरहेका छन् । उनले अस्थायी सेवाको लागि उपयुक्त स्थल नभएको अवस्थामा उच्च स्तरको टेन्ट मै राखेर भए पनि उपचार गरिने बताए ।
त्यस्तै पुर्वमन्त्री बस्नेतले अक्सिजन प्लान्ट निर्माणका सुनकोसी गाउँपालिका, नेपाल क्रेडिट एन्ड कमर्स बैङ्क लिमिटेड, क्षमादेवी ग्रुपका राजकुमार बस्नेत र नेपाली काङ्ग्रेस तरुण विभाग केन्द्रीय सदस्य पासाङनोर्बु लामा लगायत अन्य विभिन्न क्षेत्रको लगानी रहने गरी बजेट व्यवस्थापन भइसकेको जानकारी दिनु भयो ।
पूर्वमन्त्री बस्नेतका अनुसार सिन्धुबासी अक्सिजनबिना बिरामीले मृत्यु रोज्न नपरोस् २४ घण्टा एम्बुलेन्सको रूपमा ५ वटा गाडीहरू तयारी अवस्थामा राखेर हाई अलर्टका साथ तैनाथ रहेको बताउनु भयो ।
सुनकोसी गाउँपालिका वडा नं ६ मा रहेको थुम्पाखर खेल मैदानमा कोभिड लगायत अन्य सरुवा रोग उपचार केन्द्र खोलिने भएको छ ।








































