गोरखा, सोमबार, १० जेठ २०७८ । गोरखाको शहिद लखन गाउँपालिकामा एकैदिन थप ५२ जना को’रोन सं’क्रमणको पु’ष्टी भएको छ ।
गाउँपालिकाका भित्रका ९३ जनाको स्वांब संकलन गरि पठाइएकोमा आइतबार एकैदिन ५२ जनाको रिर्पोट पोजेटिभ आएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी वडा नम्बर १ अन्तर्गत बक्राङमा १९ जनामा को’रोना पु’ष्टी भएको उहाँले बताउनुभयो । शहिद लखन गाउँपालिकामा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या १ सय ९४ पुगेको छ।
आइतबार वडा नम्बर २ अन्तर्गत पर्ने मनकामना हेल्थपोष्टबाट संकलन गरिएका ३८ जना मध्ये २३ जनाको रिपोर्ट पोजेटिभ आएको उहाँले बताउनुभयो ।
जसमा १२ जना महिला र ११ जना पुरुषको रहेको श्रेष्ठको भनाई छ । यस्तै गाउँपालिकाको वडा नंम्बर ४ मा रहेको ताक्लुङ हेल्थपोष्टमा संकलन गरिएका मध्ये १० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।








































