काठमाडौं, ९ जेठ २०७८ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण केही हद सम्म भए पनि उपचारमा सहजताका लागि निरन्तर प्रयासपछि नागार्जुन नगरपालिका वडा नं. १ रानीबनमा आइसोलेसन सञ्चालनमा ल्याउन सफल भएको नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले जानकारी दिनु भएको छ ।
करिब ३०० बेडको आइसोलेसन सञ्चालनका लागि नागार्जुन नगरपालिका, नेपाल चाटर्ड एसोसिएसन, नेपाल चाटर्ड एकाउन्टेन्ट एसोसिएसन र सर्वाङ्ग अस्पताल प्रा.ली बीचमा समन्वय गराइ आइसोलेसन सञ्चालनमा ल्याएको उहाँले बताउनु भयो ।
आज सामाजिक संजाल फेसबुक मार्फत नेता पौडेलले प्रारम्भिक चरणमा आइसोलेसन सेन्टर हामीले स्थापना गरेतापनि यसको निरन्तर र प्रभावकारी सञ्चालनका लागि पूर्ण स्वामित्व यीनै संस्थाहरुलाई जिम्मेवारी दिइएको छ । साथै, तत्कालको लागि आइसोलेसन सेन्टरको रुपमा सञ्चालन भएतापनि आगामी दिनहरुमा यसको पूर्ण विकास गर्दै अस्पतालकै रुपमा सञ्चालन गर्ने जिम्मेवारी पनि यीनै संस्थाहरुलाई दिइएको बताउनु भएको हो ।
आइसोलेसन स्थापनाका लागि आवश्यक सम्पूर्ण पूर्वाधार र प्रारम्भिक चिकित्सकीय सरसामान र उपकरणहरु हामीले नै उपलब्ध गराएका छौँ । हाललाई १०० वटा अक्सिजन सिलिण्डर (आवश्यकता परेको खण्डमा थप सिलिण्डर उपलब्ध गराउने र निरन्तर भर्ने गरि) ,३०० सैयाको आइसोलेसन बेड, निःशुल्क उपचार र निःशृुल्क खानाको ब्यवस्था हुने गरि सञ्चालनमा ल्याएका छौँ ।
कोभिड उपचारका लागि निम्न ब्यक्तिहरुसँग सम्पर्क गर्न सक्नुहुनेछः
प्रकाश ज्ञवाली – ९८४१३८७८४२
भरत पौडेल – ९८५१२०८३३८
सुदीप लामा (एम्बुलेन्सका लागि) – ९८६०७११५१९
साथै, नेता पौडेलले आइसोलेसन अलपत्र अवस्थामा रहेको सरकारी भवनलाई सरसफाइ गरेर स्थापना गरेर हाम्रोमा यस्ता कयौ भवनहरू अलपत्र छन् । हामीले प्रयत्न गर्ने हो भने ती भवनहरूको सही उपयोग गर्न सकिन्छ । आफ्नो समुदाय स्तरमा भएका यस्ता भवनहरूको उचित उपयोग गरी सञ्चालनमा ल्याउनका लागि सबैमा आग्रह गर्नु भएको छ ।
ती भवनहरुलाई तत्काललाई आइसोलेसन बनाउन सकिन्छ भने भविष्यमा अन्य प्रयोजनका लागि पनि प्रयोग गर्न सकिन्छ ।
यो अस्पताल सञ्चालका लागि एम्बुलेन्स उपलब्ध गराएर सहयोग गर्नुहुने धादिङ निवासी मधु कुमार श्रेष्ठ, स्वयंसेवकीय, आर्थिक, नैतीक सहयोग गर्नुहुने, चिकित्सकीय उपकरणहरु उपलब्ध गराउनुहुने, साथै निरन्तर सञ्चालनका लागि थप जिम्मेवारी वहन गर्नुहुने संस्थाहरु, लगायत सबैमा नेता प्रदिप पौडेलले सबैमा कृतज्ञता प्रकट गर्नु भएको छ ।








































