काठमाडौँ । राष्ट्रपति कार्यालयको वेबसाइटमा राखिएका दुई महत्त्वपूर्ण प्रेस विज्ञप्ति गायब भएका छन् ।
राष्ट्रपति कार्यालयको वेबसाइटमा शुक्रबार राति अपलोड भएका ‘प्रधानमन्त्री नियुक्ति सम्बन्धमा’ र ‘प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको निर्वाचन मिति तोक्नुभएको’ शीर्षकका विज्ञप्ति विज्ञप्ति हराएका हुन् । ती विज्ञप्ति क्रमशः राति ११ः३८ र ०१ः४९ बजे प्रकाशन गरिएका थिए।








































