काठमाडौँ, शनिबार, ८ जेठ २०७८ । नेपाली कांग्रेसका नेता गगन थापाले गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड भनी व्यंग्य गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत नेता थापाले राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, बिचरा ! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड !
“सम्माननीय राष्ट्रपति” बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको ? भनी ब्यङ्ग गर्न भ्याए ?
आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो । उनले भनेका छन् ।










































