काठमाडौँ, शनिबार, ८ जेठ २०७८ । नेपाली कांग्रेसका नेता प्रकाशमान श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संविधान र लोकतन्त्रमाथि गरेको प्र’हारलाई नेपाली जनताले क्ष’मा गर्न नसक्ने बताएका छन् ।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत नेता सिंहले गर्दै प्रधानमन्त्री र राष्ट्रपतिले लोकतन्त्रमाथि प्रहार गरेको बताएका हुन् ।
जनताले ५ वर्षका लागि निर्वाचित गरेको संसद भं’ग गरेर महामारीको बेलामा मत माग्न कुन मा’नवीयताले दिन्छ भन्दै प्रश्न समेत गरेका छन् ।
‘नेपाली जनता कोरोना महामारीमा रहेका बेला देशको प्राथमिकतामा ती जनताको जीवनरक्षा गर्ने हुनुपर्थ्यो । तर, एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा मध्यरातका कु’कृत्यले उदांगो पारेको छ ।’
उनले भनेका छन्, ‘अ’क्सिजनको सि’लिण्डर खोजिरहेका, अस्पतालमा शैय्या अभावमा छ’ट्पटाइरहेकाहरूको जीवन रक्षालाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा गर्ने छैनन् । जनताले ५ वर्षका लागि निर्वाचित गरेको संसद भंग गरेर यो महामारीको बेलामा जनताको जीवन बचाउन होइन मत माग्न जाउँ भन्नू कुन मानवीयताले दिनसक्छ । यो नि’कृष्ट कर्म हो ।’









































