काठमाडौँ, शुक्रबार, ८ जेठ २०७८ । नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले राष्ट्रपतिज्यू, ओलीको जा’लझेल र अ’पराधमा साथ दिँदा दागै’दाग’ छ भन्दै टिप्पणी गरेका छन् ।
नेता गगन थापाले आज सामाजिक संजाल मार्फत १५३ जनाको समर्थन भएको भए सरकारले ७६ (३) को विश्वासको मत लिने वै’धानिक बाटो किन छोडेको भनी प्रश्न गर्दै प्रधानमन्त्री नै ‘म विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा ता’त्त्विक फरक छैन भनेर ७६ (५) को सरकार गठनको ढोका खोल्ने, राष्ट्रपतिले ‘ विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको’ भन्दै आव्हान गर्ने । अब फेरी जा’लझेल ! भनी टिप्पणी गरेका हुन् ।
यो प्रस्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु अ’सङ्गत मात्र होइन अ’वैधानिक र अ’नैतिक छ । राष्ट्रपतिज्यू,तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ |
महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ ! नभए भिर बाट खस्ने लाई राम राम । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।










































