काठमाडौं, शुक्रबार, ७ जेठ २०७८ । विभिन्न जिल्लामा लागू गरिएको नि’षेधाज्ञा कार्यान्वयनको सि’लसिलामा पछिल्लो २४ घण्टामा नि’षेधाज्ञा उल्लंघन गर्ने ३ हजार १ सय ८५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तीमध्ये १ हजार ४४ वटा गाडी र २ हजार १ सय ४१ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।








































