काठमाडौँ, शुक्रबार, ८ जेठ २०७८ । को’भिड–१९ को सं’क्रमण रोक्न सूचना प्रविधिको अधिकतम प्रयोग गर्न क्यान महासंघले सरकारलाई आग्रह गरेको छ ।
‘यसका लागि आवश्यक प्राविधिक सहयोगका लागि पनि क्यान महासंघ सदैव तयार छ,’ विज्ञप्तिमा भनिएको छ, ‘वास्तविक समयमा आधारित सूचना प्रणालीमा आधारित रहेर सेयर बजारलगायत अन्य क्षेत्रबाट सरोकारवालाले फाइदा लिइरहेको अवस्थामा स्वस्थ्य क्षेत्र अछुतो रहनु सुखद कुरा पक्कै पनि होइन ।’
म’हासंघले बिहीबार जारी गरेको विज्ञप्तिमा वास्तविक समयमा आधारित सूचना प्रणाली बनाउन पनि सरकारसमक्ष ध्या’नाकर्षण गराएको छ ।
नि’षेधाज्ञाका बेला अनलाइन माध्यमबाटै पठनपाठन सञ्चालनमा रहे पनि त्यसका लागि आवश्यक हुने कम्प्युटर तथा मोबाइलका बिक्रीवितरण तथा मर्मत सेवा बन्द हुँदा नि’षेधाज्ञाको प्रभावकारी कार्यान्वयनमा कठिनाइ हुने भन्दै महासंघले ध्यानाकर्षण गराएको हो ।
नि’षेधाज्ञाका बेला अत्यावश्यक सामग्रीको किनमेल गर्न घरबाहिर निस्कनुभन्दा होम डेलिभरी गराउनु सुरक्षित भएको र यसका लागि आवश्यक प्रबन्ध मिलाउन पनि क्यान महासंघले माग गरेको छ ।







































