काठमाडौं, बिहिबार, ६ जेठ २०७८ । राष्ट्रपति विद्यादेवी भण्डारीले सं’विधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताउनु भए लगतै लगतै राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको आह्वान गर्नु भएको हो । यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिनु भएको छ ।









































