हेटौंडा, बिहिबार, ६ जेठ २०७८ । उपनिर्वाचनमा मतदान सकिएको छ । मतगणना विहीबार साँझ ४ः३० बाट गरिने निर्वाचन आयोगले जनाएको छ ।
बिहान ९ बजेदेखि हेटौंडाको भुटनदेवि स्कुलमा मतदान ३ बजेपछि बन्द भएको हो ।
प्राप्त जानकारी अनुसार ३४७ मध्ये ३३८ जनाले मतदान गरेका छन् । नौं जना अनुपस्थित रहेका छन् ।
जसमा चार जना प्रदेश सभा सदस्य अनुपस्थित भए । तीन जना विवेकशिल, एक जना माओवादी केन्द्र र पाँच जना पालिकाका प्रतिनिधि अनुपस्थित रहे ।








































