काठमाडौँ, ६ जेठ २०७८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारसमक्ष १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।
‘ट्रेसिङ र त्यसका आधारमा लक्षित पिसिआर परिक्षणको अभावमा संक्रमितहरुको संख्या निकै बढी भएको सहजै अनुमान गर्न सकिन्छ ।
उपचार पहुँचको अभावमा मृत्यु हुनेहरुको संख्या पनि सार्वजनिक गरिएको संख्या भन्दा बढी छ । उचित मनोवैज्ञानिक परामर्श, रोकथाम र उपचारका प्राथमिक सूचना र सल्लाहले धेरै संक्रमितहरुलाई गम्भीर विरामी भएर अस्पताल जानु पर्ने अवस्थाबाट रोक्न सक्छ ।
कोरोना व्यवस्थापनमा सरकार असफल भएको निस्कर्ष निकाल्दै बिहीबार बिहान सभापति देउवा सिंहदरबार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्रसहित ज्ञापनपत्र बुझाएका हुन् ।








































