काठमाडौँ, मंगलबार, ४ जेठ २०७८ । वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गरिएको छ ।
चौधरी फाउन्डेसन र नबिल बैंकको सहकार्यमा देशकै जेठो वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्न लागेको जनाइएको छ ।
‘वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू वार्ड स्थापना गरिनेछ र, वीर अस्पतालको नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गरिनेछ ।
यससम्बन्धी सहमतिमा चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान (नाम्स) र चौधरी फाउन्डेसन, नबिल बैंकबीच हस्ताक्षर भएकाे छ ।








































