Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५९:३४ बिहान
- ADVERTISEMENT -

कृषिमा आत्मनिर्भर हुनका लागि यान्त्रिकीकरण हुनु आवश्यक : मन्त्री अर्याल

प्रकाशित मिति: २०७८ जेठ ३, सोमबार

454
Shares

काठमाडौैं, सोमबार, ३ जेठ २०७८ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका निम्ति यान्त्रिकीकरण प्रयोग आवश्यक रहेको बताउनुभएको छ ।

एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) ले आज सोमबार आयोजना गरेको ‘कृषि यान्त्रिकरणः आवश्यकता, अवसर र चुनौती’ विषयक भर्चुअल संवाद कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कृषिमा यान्त्रिकीकरणलाई आवश्यक वस्तुको रुपमा राख्नुपर्ने बताउनुभयो ।

कृषि प्रसारणमा २० प्रतिशत र यान्त्रिकीकरणमा २०–२५ प्रतिशत किसानको पहुँच रहेको बताउँदै मन्त्री अर्यालले कृषि प्रधान देशमा यो प्रतिशत निकै कम रहेको बताउनुभयो । उहाँले परम्परागत खेतीलाई आधुनिकीकरण र कृषि आधुनिकीकरणमा विशेष जोड दिनुपर्ने बताउनुभयो । कृषि यान्त्रिकीरकणका लागि सरकारले नीति बनाई सकेको र त्यो अनुसार काम अगाडी बढीसकेको बताउँदै उहाँले सरकारले डिजिटल नेपालको कल्पना गरेको र सोही अनुसार काम भइरहेको बताउनुभयो ।

कृषि मन्त्रालयले माटोको गुणस्तर मापनका लागि विद्युतीय नक्सा सार्वजनिक गरेको बताउँदै उहाँले कृषि क्षेत्रमा यो एउटा क्रान्ति नै भएको बताउनुभयो । ‘कुन माटोमा के तत्व छ, किसानले आफै जानकारी लिएर खेतीपाती गर्दा उत्पादनमा पक्कै पनि वृद्धि हुनेछ । यो कुरालाई अगामी वजेट तथा नीति तथा कार्यक्रममा पनी समेटेर हामी अगाडी बढ्ने सोच बनाएका छौ ।’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा प्राविधिकको व्यवस्था गरिएको भन्दै उहाँले त्यसमा अझै थप गर्दै कृषि ज्ञान केन्द्रसम्म प्राविधकहरु राख्ने तयारी मन्त्रालयले गरिरहेको मन्त्री अर्यालले बताउनुभयो । ‘कृषिमा यान्त्रिकीकरण गरेर नै हरेक वस्तुमा आत्मनिर्भर हुने लक्ष्य रहेको छ, कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण नगरेसम्म आत्मनिर्भर हुन सकिदैनन । यो कुरालाई हामी सबैले मनन् गर्न आवश्यक छ’, उहाँले भन्नुभयो । ‘एक पालिका एक नर्सरी’ नारा लिएर उत्पादनमा वृद्धि गर्ने नीति रहेको बताउँदै उहाँले उच्च स्तरका सिकाइका लागि इजराइली प्रविधि नेपाल ल्याउने सम्झौता समेत भइसकेको जानकारी दिनुभयो ।
यान्त्रिकीकरणको क्षेत्रमा अनुसन्धान गर्ने काम नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरिरहेको बताउँदै उहाँले सानादेखि ठूला खालका अनुसन्धान नार्कबाट भइरहेको बताउनुभयो । कृषिमा यान्त्रिकीकरणका लागि नीजि क्षेत्रको पनि ठूलो भूमिका रहेको बताउँदै मन्त्री अर्यालले नीजि क्षेत्रले प्रसंसनीय कार्य गरेको र कृषि मन्त्रालयले हातोमालो गरेर काम गर्न चाहेको प्रतिवद्धता जनाउनुभयो ।

वैदेशिक रोजगारीको शिलशिलामा युवाहरु विदेशिने अवस्था रहेका कराण गाउँमा महिलाहरुले मात्र कृषि पेशा अगाडी बढाउदै आएको भन्दै उहाँले त्यसका निम्ती अब महिलामैत्री कृषि औजारको अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले गाउँमा पुरुषभन्दा बढी महिलाहरु कृषिमा आवद्ध छन्, उनीहरुलाई उपयुक्त हुने औजारको व्यवस्था गर्न आवश्यक छ । त्यसका निम्ती महिलामैत्री कृषि औजारहरुको अनुसन्धान गरौ ।’

त्यस क्रममा वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले उत्पादनमा वृद्धि र लागत घटाउनका लागि कृषिमा यान्त्रिकीकरण गर्नुपर्ने बताउनुभयो । उत्पादनमा वृद्धि गराउनका लागि यान्त्रिकीकरणमा जोड दिनुपर्ने बताउदै उहाँले उत्पादनसँगै त्यसको वजार व्यवस्थापन पनि जोड दिनुपर्ने बताउनुभयो । यसैगरी नार्कका श्रीमत श्रेष्ठले नेपालमा कृषि प्रविधि र उपकरणको लामो इतिहास नरहेको बताउँदै कृषिबाट युवाहरु पलायन हुन थालेपछि प्रविधि र उपकरणमा ध्यान दिन थालेको बताउनुभयो ।

नेप्लिज सोसाइटी अफ एग्रीकल्चलरका इन्जिनियर देवराज निरौलाले कृषिसँग इन्जिनियरिङ जोडिएन भने त्यसको दिगो विकास गर्न नसकिने बताउदै सरकारले कृषिमा किसान तथा उद्योगीहरुलाई विभिन्न औजार तथा यन्त्रहरु अनुदान तथा सहुलियतमा दिने गरेको भएपनि त्यो कहाँ कसरी प्रयोग भइरहेको छ भन्ने कुराको लेखाजोखा हुनुपर्ने बताउनुभयो । अनाजका अध्यक्ष किरण आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -