काठमाडौं, सोमबार, ३ जेठ २०७८ । को’भिड–१९ को स’ङ्क्रमण ब’ढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोरोना प’रीक्षण गरिएकामध्ये ७० प्र’तिशतलाई पुष्टि भएको छ ।
गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन स’ङ्क्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ ।
कामपाको ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० जनामा पुष्टि हुने गरेको कामपा जनस्वास्थ्य महाशाखाले जनाएको छ ।
कामपाका ल्याब टेक्निसियन राधिका कुँइकेलका अनुसार प’रीक्षणका लागि आवश्यकताअनुरुप टोली तयारी अवस्थामा रहेको छ । “को’रोनाको श’ङ्का देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ”, कुँइकेलले भन्नुभयो ।
स’ङ्क्रमण पु’ष्टि भएको १४ दिनपछि पुनः परीक्षण गर्नु नपर्ने मान्यता रहे पनि कामपाको हकमा भने १४ दिनपछि निको भएकाहरुले पनि पुनः प’रीक्षणको माग राख्दै आएकाले केही समस्या भएको छ ।
अहिलेसम्म कामपाले सबैको निःशुल्क परीक्षण गर्दै आएको छ । परीक्षण मात्रै होइन, परीक्षणका क्रममा समस्या बढी भएका बिरामीहरुका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लाने र ल्याउने व्यवस्थासम्म कामपाले नै गर्दै आएको छ । यसका लागि पनि नागरिकले पैसा तिर्नु पर्दैन । यसरी कोरोना पोजिटिभ भएका बिरामीका लागि एम्बुलेन्ससँग कामपाले दुई हप्ताअघि नै सम्झौता गरिसकेको छ ।








































