काठमाडौँ, २ जेठ २०७८ । स्वास्थ्य सङ्कटको समयमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले आज यहाँ आयोजना गरेको ‘विपत्मा कसरी जोगिएर पत्रकारिता गर्ने ?’ विषयक कार्यक्रममा वरिष्ठ पत्रकार एवम् प्राध्यापक रामकृष्ण रेग्मीले विगतमा सङ्क्रमणको समयमा गरेको पत्रकारितालाई आधार मानेर आगामी दिनमा पत्रकारिता गर्नुपर्ने बताए ।
‘मुलुक स्वास्थ्य सङ्कटको अवस्थामा पुगेको समयमा नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ’, उजले भने । उनले कोरोना महामारीको एक वर्ष बितिसक्दा पनि हामीले पत्रकारिता क्षेत्रमा कसरी सुरक्षित बन्ने भनेर मापदण्ड अपनाउन नसक्नु दुःखद कुरा भएको बताए ।
सञ्चारकर्मीले समाचार सङ्कलनका लागि ठूलो मिहिनेत गरे पनि समाचार सङ्कलनका लागि ठूलो चुनौती रहेको उनको भनाइ थियो । जोन हप्किन्स विश्वविद्यालय अमेरिकाका डा विशाल भण्डारीले मानसिक र शारीरिक स्वास्थ्यलाई बलियो बनाउँदै स्वास्थ्य मापदण्डलाई अपनाएर पत्रकारिता गर्न आम सञ्चारकर्मीलाई आग्रह गरे ।








































