काठमाडौँ, आइतबार, २ जेठ २०७८ । नेपाल खेलकुद महासंघले गत बैशाख २४ गतेबाट “नेकोसको आ’व्हान, को’भिड–नो भिड” भन्ने मूल नाराका साथ देशव्यापी रुपमा विशेष राष्ट्रिय अभियान सञ्चालन गरिरहेको छ ।
अभियान अन्तर्गत महासंघले अग्रपंक्तिमा रहेर आफ्नो जिम्मेवारी पुरा गरिरहेका प्रहरी प्रशासन, ट्राफिक प्रहरी तथा खेलाडीहरुलाई विभिन्न स्वास्थ्य सामाग्री वितरण गर्दै आईरहेको छ । सात वटै प्रदेशमा एकैसाथ शुरु गरिएको अभियान ७७ वटै जिल्लामा चलिरहेको छ ।
यसैबीच जेठ १ गते शनिबारका दिन महासंघले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाण्डौंलाई समेत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । महासंघका अध्यक्ष रमेश पौडेलको नेतृत्वको टोलीले भौतिक दुरी कायमगर्दै महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईलाई सो सामाग्री हस्तान्तरण गरेको हो ।
राष्ट्रिय अभियानका संयोजक समेत रहेको महासंघका बरिष्ठ उपाध्यक्ष परशुराम बस्नेत, प्रथम उपाध्यक्ष गोविन्द भट्टराई, महासचिव मेघराज पौडेल र उपमहासचिव द्धय शान्ता माया परियार तथा रामकृष्ण खड्काको समेत उपस्थितीमा मास्क, सेनिटाईजर, ग्लोभस, फेस सिल्ड लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको महासचिव मेघराज पौडेलले जानकारी दिनुभयो ।








































