नुवाकोट, (शिवपुरी) जेठ १ गते । नुवाकोटको शिवपुरी गाउँपालिकामा को’रोना (को’भिड १९) स’ङ्क्रमितक बढ्दै जान थालेपछि गाउँपालिकाले सचेत रहन सबैमा आग्रह गरेको छ ।
गाउँपालिकाको वडा नंं . १, २ र ३ वडाहरुमा गत वैशाख २६ गते ३९ जनाको स्वाब सङ्कलन गरि गरिएको परिक्षणमा २४ जनाको पोजेटिभ र १५ जनाको नेगेटिभ रिपोर्ट आएसँगै गाउँपालिकाले सचेत रहन सबैमा आग्रह गरेको हो ।
गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले कोरोनाको दोस्रो लहर फैलन क्रम तिब्र बनेको र त्यस्तो अवस्थामा नागरिक आफैं सचेत रहनुको विकल्प नभएकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गर्नुभयो ।
उहाँले गाउँपालिकाले कोरोना रोकथाम र नियन्त्रण कार्यमा उच्च सर्तकता अपनाउँदा अपनाउँदै पनि कोरोना स’ङ्क्रमण फैलन थालेकाले सबैले स्वास्थ्य मापदण्ड पालना गर्द माक्स अनिवार्य प्रयोग गर्ने, घरमा बस्दा नियमित रूपमा साबुन पानीले हात धुने र घरबाहिर साबुन पानीले हात धुने सम्भव नभएका स्थानमा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज आचार्यले गाउँपालिका भित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेकाले नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गरी सचेतना अपनाउन अनुरोध गर्नुभयो । होम आइसोलेशनमा बसेका नागरिकलाई स्वास्थ्यमा समस्या भए गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क राख्न समेत उहाँले सबैमा आग्रह गर्नुभयो ।
गाउँपालिकाले कोरोना सङ्क्रमितको उपचारका लागि भन्दै यसअघि नै अक्सिजन सहितको २० बेड आइसोलेशन कक्ष तयार गरिसकेको छ । पहिला ८ बेडको आइसोलेशनलाई बढाएर अहिले २० बेड बनाइएको छ ।
गाउँपालिकाले गाउँबासीको स्वास्थ्यमा ध्यानमा राखी एमबीबीएस डक्टर सहितको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
सामान्य अवस्थामा रहेका कोरोनाका बिरामीलाई होम आइसोलेशनमा र स्वास्थ्यमा थप समस्या भएका को’रोनाका बिरामीलाई पालिकाले निर्माण गरेको आइलोलेशनमा राख्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।








































