काठमाडौं, शनिबार, १ जेठ २०७८ । नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले पुनः प्रधानमन्त्रीको जिम्मेवारी पाएका केपी शर्मा ओलीसँग मिलेर काम गर्न आब्हान गरेका छन् ।
थापाले अबको केही समय ओलीसँगका सबै असहमतिलाई विसाएर जनताको जीवन रक्षा गर्न साथमा उभिने बचन दिएका छन् । जनताको जीवन जोगाउन लाग्ने हो भने म र म जस्ता अन्य कयौंलाई नदीको अर्को किनारामा होइन तपाइँसँगै उभिएको पाउनुहुनेछ, तपाइलाई मद्दत गरिरहेको पाउनुहुनेछ, तपाइको सरकारलाई सफल बनाउन लागिरहेको पाउनुहुनेछ ।’ उनले भने,
तपाई र हामी मिलेर जीवनबाट आशा गुमाइसकेकाहरुलाई आशा दिने प्रयत्न गरौं, अक्सिजन नपाएर छटपटाइरहेकाहरुलाई सास दिने प्रयास गरौं । अनि आर्यघाटमा पुगेका लासहरुलाई घटाउने प्रयत्न गरौं । मिलेर काम गरौं’ थापाले भिडियोमार्फत भनेका छन् ।
‘तपाईले एक पटक फेरि मौका पाउनुभएको छ, यो मौकालाई खेर नफालौं, यो पटक अलिक फरक ढंगले काम गरौं ।









































