Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
३:०४:३४ दिउँसो
- ADVERTISEMENT -

प्रदेशीको पत्र : प्रधानमन्त्री ज्यु “मेरो परिवार बचाइदिनुहोस”,

प्रकाशित मिति: २०७८ जेठ १, शनिबार

949
Shares

यो लेखको म पात्र खुशी खोज्न हिडेको “प्रदेशी ” हो ।

खंड्गप्रसाद ओलि अंकल नमस्कार । सुरुमा प्रधानमन्त्री भनेर संबोधन गरु भने कतै सोर्सफोर्स लगाउनु पर्ने गन्धले बसिटिक्न दिदैन मलाई । किनकि मलाई आज भन्नै पर्ने केहि कुरा छन् । प्रधानमन्त्रीमा पु:न नियुक्त हुनु भएको छ  ।

जनता बाचेपछि बधाई दिनेछु किनकि मेरो मातृभुमि मेरो घर देश नेपालको अविभाबक तपाई पनि शोक मा नै हुनुहुन्छ भन्ने ठानेको छु ।  अहिले यो सबै लेख्दै गर्दा पनि मेरा आफन्त तिन जना र चिनजानका १२ जनाले कोरोना कै कारण ज्यान गुमाई सक्नु भएको छ ।

दिनै पिच्छे कोरोना सर्ने र मर्नेको समाचार सुनि नसक्नु छ । राजनितिको रंगमन्चमा  रमाउनेहरुलाई किन लाग्दैन जनताले दु:ख पाईरहेका छन् भनेर ?  तपाईका अनुसार बेड खालि छन् अक्सिजनको अभाब छैन । छैन भने हामिले किन आफन्त गुमाउनु पर्यो त ? तपाईसॅंग जवाफ छ ? हुन त हजुर रामायणकाअनुसार जवाफ दिनुहुन्छ । त्यसले न मेरा आफन्त फर्कियलान न म जस्ता पिडितको चित्त बुझ्ने जवाफ आउला ।

अक्सिजन अभाव छैन ” तपाईको यो अभिब्यक्ति मा मेरो आपत्ति छ । तपाईको आखामा हामी जनता आकडामा सिमित भए पनि मेरो लागि मेरो परिवार सत प्रतिशत हो । तपाईको लागि एक जना कोरोनाका करण मरेछ भन्ने हुन्छ होला तर त्यो एक जना त्यो परिवारको लागि १००% हो । सब थोक हो । त्यो मृतक बाट आश्रित त्यो परिवार अब कसको भरमा बाच्ने । प्रदेश पस्नु घर परिवार सॅंग भेट्न नपाउनु घरदेश फर्कन मन लाग्दा पनि फर्कननसक्नु प्रदेशिका पिडा तपाई के बुझ्नु हुन्थ्यो र ! तैपनि सुनाउछु ।

प्रधानमन्त्री ज्यु , म मेरी आमा र बाबाका चिल्ला गालामा आंसुको मसिले खुसिको तमसुक लेखेर प्रदेशिएको नेपाली हुं । त्यो खुसिकोरिण तिर्न मलाई अझै कति बर्ष लाग्छ थाहा छैन । तर, तपाईलाई एउटा अनुरोध के छ भने म र मजस्तै प्रदेशियका नेपालीका घर परिवार कोरोनाका कारण छटपटाई रहेका छन ।

जतिबेला पनि जे सुकै हुन सक्छ । विभिन्न उतार चढाब पछि फेरि पनि प्रधानमन्त्री बन्नु भएको छ । तपाईले चाहेमा आटेमा अझै पनि गर्न सकिने धेरै प्रयास बांकि नै छन । देशको सम्पूर्ण शक्ति कोरोना बिरुद्ध लड्नमा लगाउनुहोस् ।दातृ राष्ट्रबाट पाएका सहयोग सामाग्रि लिन तुरुन्तै जहाज पठाउनुहोस् ।

चीनले २० हजार अक्सिजन सिलिन्डर दिने घोषणा गरेको थियो (यो लेख लेख्दा को मितिसम्म ) किन जम्मा ६ सय  मात्र भित्रियो त ? दिन मै ४/५ वटा फ्लाईट पठाउन तपाईको आदेश खै ? त्यसै गरिचिनमा रहेको नेपाली दूतावासको पहलमा २० लाख डोज खोपको फाइल स्वास्थ मन्त्रालय मा आएर रोकिएको ७ दिन भो रे ? किनयस्तो बेलामा पनि रोकेर राखेका होलान । तपाईको एक्सन खै ?  राम्रो काममा खुरापाति गर्नेलाई ठाउको ठाउ हटाएर जनताको ज्यान जोगाउने यो संबेदनशील बिषयमा गम्भीर बन्नुहुन प्रदेश देखि आग्रह गर्दछु ।

 बरु  विभिन्न देशका राजदुताबास तथा कुटनैतिक क्षेत्रबाट पहलगरेर भय पनि स्वास्थ्य सामाग्री नेपाल भित्राउन कत्तिपनि ढिला नगर्नुस्  । पिलिज ।

प्रधानमन्त्री ज्यु , मेरो आसुले लेखेको खुशीको तमसुक यतिबेला चाउरी परिसकेका छन् । म चाहेर पनि ति बिरामि आफन्त भेट्नलाइसक्दिन किनकि नेपाल यतिबेला हरेक देशको प्रतिबन्ध सुचिमा परिसकेको छ । तपाईको अबको सम्पूर्ण उपाय लगाएर भएपनि हाम्राबाबा आमाको अकालमा ज्यान गुम्नबाट बचाईदिनुहोस् ।

चाउरियका गाला मुसार्दै, खुसिलाई घरमै छोडेर खै कुन खुसि खोज्नप्रदेशियको थिय कुन्नि ? त्यो यात्राका कुरा बाबा आमालाई सुनाउनु छ । अगेनाको छेउमा बसेर आमाले पकायको खाना खादै बाबा नचिनेका आफ्ना सन्तानसॅंग परिचय गर्नु छ ।

आफ्नै रगतलाई परिचय दिनु छ । आफन्तलाई र सबै नेपालीलाई प्रदेशमा हुदा छर-छिमेकि र आफन्त गुमाउदाका अनुभव सुनाउदै आफन्तजनसंगै रमाउन सिकाउनु छ । 

अन्त्यमा,

प्रधानमन्त्री ज्यु,

कोरोना रोग लाग्नु HIV एड्स लाग्नु हुदै होईन भन्ने बारे तपाई आफैले संसदबाटै बोल्दिनुस् । गांउघरमा कोरोना लागेका बिरामीलाई हेर्ने दृष्टिकोण र गर्ने ब्यबहार त्यस्तै ठ्याक्कै दुरुस्तै सुनिन्छ ।

कोरोना लागेर पनि सामाजिक तिरस्कार सहनुपर्ने डरले जानकारी नगराउदास माजमा यो रोग भुषको आगो झै झनझन फैलिरहेको छ ।

धार्मिक परम्परा अनुसार दाहसंकार गर्न नपाउने डरले सामाजिक अभियन्ताबाटै ठुला गल्ति भैरहेका उदाहरण आंखा अगाडि देखियका छन । क्षति धेरै भैसक्यो अव त्यो फन्दा ठुलो क्षति हुन नदिन तपाईको संपुर्णक्षमता प्रयोग गर्नुस ।

प्रधानमन्त्री ज्यु ,म प्रदेशबाट फर्कने समयसम्म मेरा बा आमा बचाईदिनुस् ।  मेरी  प्यारी  श्रीमति मेरा छोरा छोरि र आफन्त बचाईदिनुस् ।  दुख र शोकको यो संकट टरे पछि तपाईलाई बधाई दिनेछु ।

              प्रदेशी 

नारायण पोखरेल धुर्कोट गाउँपालिका गुल्मी

हाल टोकियो

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -