काठमाडाैं, शनिबार, १ जेठ २०७८ । सेनाले आज गृहमन्त्रालयको संयोजनमा कासा विमानमार्फत ५९ सिलिण्डर अक्सिजन विराटनगरबाट काठमाडौं ल्याएको छ ।
को’भिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को संयोजनमा सेनाले बिहीबार पनि विराटनगरबाट ६० सिलिण्डर विमानद्वारा र ३४० सिलिण्डर अक्सिजन ट्रकमार्फत ढुवानी गरी काठमाडौं ल्याएको थियो ।
विराटनगरबाट हिजो र आज काठमाडौं ल्याइएको अक्सिजन आवश्यकताका आधारमा काठमाडौँ उपत्यकाका विभिन्न अस्पताललाई उपलब्ध गराइने सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।








































