Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५९:११ बिहान
- ADVERTISEMENT -

म’हानगरले ३२ वटै व’डाबाट खोप केन्द्र राख्ने तयारी

प्रकाशित मिति: २०७८ वैशाख ३१, शुक्रबार

463
Shares

काठमाडौं, शुक्रबार, ३१ बैशाख २०७८ । काठमाण्डौ महानगरपालिकाले भेरोसेल खोपको दोश्रो डो’ज लगाउनका लागि सबै वडामा खोप केन्द्र तोक्ने भएको छ ।

पहिलो डोज लगाउने समयमा खोप केन्द्रहरु व्यवस्थित नहुँदा सर्वसाधरणको भीड अत्याधिक भएको र खोप केन्द्रहरुमा जनस्वास्थ्यका मा’पदण्ड पालना नभएको भन्दै आलोचना भएपछि महानगरले दोश्रो डो’ज लगाउने कार्यलाई थप व्यवस्थित बनाउन लागेको हो ।

सबै वडामा खोप केन्द्र स्थापना हुनेभएपछि भीडभाड कम हुनुको साथै जनस्वास्थ्यका मापदण्ड पालना तथा कार्यान्वयनमा पनि सहज हुने र सर्वसाधरण नागरिकले पनि खोप लगाउनकै लागि हिडेर टाढा जानुनपर्ने भएको छ ।

उहाँले भन्नुभयो “स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७८ बैशाख २२ गतेको निर्णय अनुसार काठमाण्डौमा २०७७ चैत २५ गते देखि २०७८ बैशाख १५ गते सम्म १८ बर्ष देखि ५९ बर्ष भित्रकाले लगाएको भेरोसेल खोपको दोश्रो डो’जका लागि २०७८ जेठ २ गते देखि काठमाण्डौको ३२ वटै वडामा खोप केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेका छौ । जनस्वास्थयका मापदण्ड पुरा गरेर दोश्रो डोजको खोप सञ्चालनका लागि तयारी भईरहेको छ । काठमाण्डौ महानगरपालिका भित्र १ लाख २५ हजार जतिको तथ्यांक आएको छ । टोखा र बुढानिलकण्ठको पनि गरेर १ लाख ५० हजारलाई लगाउने गरि तयारी गरिएको छ । हामी आएकालाई फर्काउदैनौ । सबैलाई लगाईदिन्छौ ।”

काठमाडौ महानगरपालिकाका जनस्वास्थ्य प्रमुख हरि बहादुर कुँवरले जनस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको निर्णय अनुसार भेरोसेलको दोश्रो डोज लगाउने कामका लागि महानगरका सबै वडामा खोप केन्द्र स्थापना गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार महानगरले २०७७ चैत २५ गते देखि २०७८ बैशाख १५ गते सम्म १८ बर्ष देखि ५९ बर्ष भित्रकाले लगाएको भेरोसेल खोपको दोश्रो डोजका जेठ २ गते देखि काठमाण्डौको ३२ वटै वडामा खोप केन्द्र सञ्चालन गर्ने तयारी गरेको हो । काठमाण्डौ महानगरपालिका भित्र भेरोसेल खोपको पहिलो डोज लगाएकाहरु १ लाख २५ हजार भएपनि टोखा र बुढानिलकण्ठ नगरपालिकाको पनि आउन सक्ने संभावनालाई मध्यनजर गरि १ लाख ५० हजारलाई लगाउने गरि तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यकाका तीन जिल्लाका १ लाख ५९ हजार जनाले भेरोसेल खोपको पहिलो डोज लगाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -