काठमाडौं, बुधबार, २९ बैशाख २०७८ । निम्बस नेपालले अग्रभागमा खटिएर काम गर्ने पत्रकारहरुका लागि दश हजार थान मास्क नेपाल पत्रकार महासंघलाई उपलब्ध गराएको छ ।
आज एक कार्यक्रमका बिच निम्बस नेपालका प्रबन्ध निर्देशक आनन्द बगरियाले महासंघमा उपस्थिति भई उक्त मास्क महासंघका अध्यक्ष विपुल पोख्रेललाई हस्तान्तरण गर्नु भएको थियो । कम्पनीका प्रबन्ध निर्देशक आनन्द बगरियाले अहिलेको कठिन अवस्थामा पत्रकारहरुले अ’ग्रभागमा खटिएर काम गर्नुपर्दा कोरोना संक्रमणको जो’खिम बढेको भन्दै सानो सहयोग गरेको बताउनुभयो । उहाँले आवश्यकता अनुसार आउदा दिनमा थप सहयोग गर्ने प्रतिबद्वता ब्यक्त गर्नुभयो ।
को’रोना भा’इसरले आकात्न पारेको आजको जटिल अवस्थामा नेपाल पत्रकार महासंघका अध्यक्ष विपल पोख्रेलले निम्बस नेपालले मास्क उपलब्ध गराएकोमा हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । उहाँले महासंघमा देशभरीबाट १३ हजार भन्दा धेरै पत्रकार आवद्ध रहेको बताउदै पत्रकारहरुले कोरोना संक्रमणको जो’खिमबाट बच्नका लागि महासंघसंग सहयोग मारिरहेको बताउनुभयो । महासंघले आउदा दिनमा थप सहयोगको अपेक्षा राखेको अध्यक्ष पोख्रेलले धारणा राख्नुभयो ।
महासचिव रोशन पुरीले मास्क उपलब्ध गराएको निम्बसलाई धन्यवाद व्यक्त गर्दै को’रोना सं’क्रमण उच्च रहेका प्रदेशमा क्रियाशिल पत्रकारलाई थप स्वास्थ्य सामाग्रीको सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले महासंघलाई प्राप्त मास्क तथा स्वास्थ्य सामाग्रीहरु प्राथमिकताका आधारमा महासंघको प्रदेश समितिमार्फ सञ्चारगृहलाई उपलब्ध गराइने बताउनुभयो ।
लेखा समिति संयोजक लेखनाथ न्यौपानेले सहयोगको सर्हाना गर्दै निम्बस समूहलाई धन्यवाद दिनुभयो ।
निम्बसले महासंघका प्रदेश समिति मार्फत विभिन्न जिल्लामा पत्रकारलाई मास्क उपलब्ध गराउने जनाएको छ ।
निम्बस नेपालले हालको परिस्थितिलाई मध्यनजर गर्दै अस्पताल, क्वारेन्टिन सेन्टर, अग्रपंतिमा रहेर काम गर्नेहरु, स्वयसेवक, स्वास्थ्यकर्मी तथा सरकारी निकायलाई प्राथमिकतामा राखेर कम्पनीले उत्पादन गरेको प्रो–टेक्टको मास्क र स्यानिटाइजर बाड्ने तयारी गरेको विज्ञप्ति मार्फत जनाएको छ ।








































