Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५९:३२ बिहान
- ADVERTISEMENT -

देशको संकटबारे डा. बाबुराम भट्टराई को ४ प्रस्ताव !

प्रकाशित मिति: २०७८ वैशाख २९, बुधबार

626
Shares

काठमाडौँ, बुधबार, २८ बैशाख २०७८ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको संकट हल गर्न राष्ट्रिय सरकार बनाउन प्रस्ताव गर्नु भएको छ ।

भट्टराईले संविधानको धारा ७६ (२) अनुसार वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउन प्रस्ताव अगाडि सार्नु भएको हो ।

उहाँको प्रस्ताव अनुसार हाल प्रधानमन्त्रीको दौडमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अगाडि सर्न पाउनेछैनन् । यसअघि नै प्रधानमन्त्री भइसकेका उनी स्वयंले पनि नेतृत्व गर्न पाउनेछैनन् ।

साथै, उहाँले दलका प्रमुख तथा पूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति बनाउने, कोरोना भाइरस रोकथाम तथा नियन्त्रण र संविधान संशोधनलगायत मुद्दासमेत प्राथमिकतामा राखेर हल गरिनुपर्ने र एक वर्षभित्र चुनाव गर्न सकिने पनि प्रस्ताव गरेका छन् ।

डा. बाबुराम भट्टराई सामाजिक सञ्जालमार्फत लेख्नुहुन्छ :

‘देशको संकट हल गर्न यसो गरौं :
१. धारा७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं;
२.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति;
३.साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.)लागू
४.एक बर्षभित्र चुनाव!’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -