काठमाडौँ, मंगलबार, २८ बैशाख २०७८ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय हवाई उडान आगामी जेठ १७ गते मध्यरातसम्म बन्द गर्ने निर्णय गरेको छ । यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्युल उडानमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय उडानमा भएको प्रतिबन्धको समय लम्बिएको हो ।
प्राधिकरणले जारी गरेको सूचनाअनुसार यो अवधिमा एयर बबल सम्झौता अनुसार काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान भने कायम रहनेछ ।
नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक-एक उडान गर्नेछन् । यस्तै, प्राधिकरणले अर्को सूचना जारी नभएसम्म टिकट विक्री नगर्न र गरेको भए फिर्ता गर्नको लागि बिमान कम्पनीहरुलाई आग्रह पनि गरेको छ ।









































