काठमाडौँ, मंगलबार, २८ बैशाख २०७८ । नेपालमा पहिलो पटक संक्रिय कोरोना संक्रमितको संख्या ९७ हजार ना’घेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९४८३ संक्रमित थ’पिएसँगै नेपालमा स’क्रिय को’रोनाका बिरामी ९७ हजार पुगेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको २१३१६ पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार मुलुकभरका ८७ वटा प्रयोगशालाबाट २०५९६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । यस्तै, ७२० जनाको एन्टिजेन परीक्षण गरिएको छ।
यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रायका अनुसार नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कको आधारमा कोभिड १९ संक्रमणबाट गत २४ घण्टामा उक्त संख्यामा मृ’त्यु भएको देखिएको हो।
पछिल्लो २४ घण्टाको अवधिमा ५२२५ जना को’रोना भा’इरसको सं’क्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै ३१२१९ जना संक्रमण मुक्त (निको) भएका छन् । यससँगै नेपालमा हालसम्म को’रोना सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या ४०८४ पुगेको छ।
मंगलबारसम्म देशभर ९७००८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।








































