काठमाडौं, मंगलबार, २८ बैशाख २०७८ । नेपाल एयरलाइन्सको जहाजबाट मंगलबार दिउँसो बेइजिङबाट सिलिन्डर नेपाल ल्याइएको छ । सरकारले चीनबाट ४०० वटा अक्सिजन सिलिन्डर ल्याएको छ ।
चीनबाट १ सय ६० वटा अक्सिजन कसन्टेटर, १० थान भेन्टिलेटर समेत ल्याइएको हो ।
चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय आज आएको हो । २० हजार सिलिन्डरमध्ये २ हजार विमानबाट र बाँकी सडक मार्ग हुँदै नेपाल लाइनेछ ।








































