सर्लाही, शनिबार, २५ बैशाख २०७८ । सर्लाहीका सबै सी’मा ना’का ब’न्द गरिएको छ । छिमेकी मुलुक भारतमा को’रोना स’ङ्क्रमण बढ्दै गएपछि सर्लाहीका सम्पूर्ण सीमा ना’का ब’न्द गरी आवागमन ठप्प पारिएको छ ।
नेपाल सरकारको निर्देशनअनुसार सीमा ना’का ब’न्द गरेर नेपाल–भारत आवतजावत रोकिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए ।
भारतको बिहार राज्यमा लकडाउन भएकाले सीमा क्षेत्रबाट हुने आ’वागमन रोक्न थप सहयोग पुगेको प्रजिअ तामाङले बताए । सरकारले प्रदेश नं २ महोत्तरीको भिठ्ठामोड, रौतहटको गौर र पर्साको वीरगञ्ज नाकाबाट मात्रै आवतजावत गर्न दिने निर्णय गरेको थियो । केही दिनदेखि मलङ्गवा नाकाबाट आवतजावत गर्न दिइएको थियो । अहिले त्यो नाका पूर्णरूपमा बन्द गरिएको छ ।








































