काठमाडौं, शनिबार, २५ बैशाख २०७८ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले समचार सङ्कलनका लागि फि’ल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पिसिआर प’रीक्षण, को’भिड वि’रुद्धको खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेको छ ।
शाखाको वैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै शाखाका सचिव महेश्वर गौतमले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना स’ङ्क्रमण दिनानुदिन बढ्दै गएकाले कोरोना महामारी बारेमा सर्वसाधारणलाई सुसूचित गराईरहेका सञ्चार माध्यम र पत्रकारलाई इन्टरनेट, टेलिफोन र विद्युतजस्ता अत्यावश्यक वस्तुमा सहुलियत दिन समेत माग गर्नुभएको छ ।
शाखाका सदस्यको यस वर्षको नविकरण शुल्क नलिन केन्द्रीय समितिलाई आग्रह गर्ने, सञ्चार गृहलाई श्रमजिवी पत्रकार तथा सञ्चारकर्मीको सेवा सुविधा नियमित गराउन अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको शाखा सचिव गौतमले जानकारी दिनुभयो ।








































