काठमाडौँ, शनिबार, २५ बैशाख २०७८ । अक्सिजन सिलिन्डरको अभावका कारण बिरामीको उपचार प्रभावित भएपछि प्रयोगविहीन भएका सिलिन्डर अस्पतालमा पुर्याउन थालिएको छ ।
काठमाण्डौ उपत्यकासहित देशभर नै दुरुपयोग भएका अक्सिजनको सिलिन्डर सङ्कलन गर्ने काम धमाधम भइरहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो पाँच दिनमा पाँच हजारभन्दा धेरै अक्सिजन सिलिन्डर सङ्कलन गरी विभिन्न अस्पतालमा पठाएको उहाँले बताउनुभयो ।
दुरुपयोग भएका अक्सिजन सिलिन्डरको खोजीका लागि प्रहरीले अभियान नै चलाएको छ ।
अक्सिजनको सिलिन्डर अभावमा उपचार नै प्रभावित हुन थालेपछि दुरुपयोग भएका सिलिन्डरको सङ्कलनका प्रहरीले सहजीकरण गर्दै आएको छ ।








































