काठमाडौं, बिहिबार,२३ बैशाख २०७८ । अक्सिजन सिलिण्डर जथाभावी लुकाएको गुनासो आएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुगमन गरी कडा कार´बाही गर्ने जनाएको छ ।
आज बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोभिड १९ सङ्क्रमितको उपचारका लागि प्रयोग हुने अक्सिजन सिलिण्डरमा कालो´बजारी भएको निष्कर्ष निकालेको हो ।
सरकारको निर्णय विपरीत अझै पनि अक्सिजन उद्योगधन्दामा प्रयोग गर्ने गरेको पाइएको मन्त्रालयको अनुगमनमा फेला परेको जनाएको छ ।









































