काठमाडौं, २३ बैशाख २०७८ । थानकोट नागढुङ्गामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना भएको छ ।
केन्द्रमा त्यही नाका हुँदै काठमाण्डौ उपत्यका भित्रिने गाडीका चालक, सहचालक तथा कर्मचारीको स्वास्थ्य जाँच गरिने छ ।
चन्द्रागिरीमा दुई हजार ३७९ जनालाई कोरोना सङ्क्रमण देखिएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिनुभयो ।
नगरपालिकाले नगरपालिकामा निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।








































