काठमाडौं, बिहिबार, २३ बैशाख २०७८ । स्थानीय प्रशासनमार्फत पूर्ण र आंशिक गरी ५६ जिल्लामा निषेधाज्ञा लागू भएको हो । गृह मन्त्रालयका अनुसार, ४१ जिल्लामा पूर्ण र बाँकी १५ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको छ ।
आजदेखि थप चार जिल्लामा नि’षेधाज्ञा लागू भएसँगै नि’षेधाज्ञा जारी भएका जिल्लाको संख्या ५६ पुगेको छ ।
बिहीबारदेखि बारा र सिरहामा पूर्णरुपमा नि’षेधाज्ञा लगाइएको छ भने बाग्लुङ र सिन्धुपाल्चोकमा सङ्क्रमणको जोखिम भएका ठाउँहरुमा निषेधाज्ञा लगाइएको छ ।
सिन्धुपाल्चोकमा ठूला राजमार्गको दायाँ बायाँ पाँच–पाँच सय मिटरसम्म नि’षेधाज्ञा लगाइएको छ। त्यस्तै, चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर ४, ५ र ९, मेलम्ची नगरपालिका वडा नम्बर ११, बलेफी गाउँपालिकाको केही ठाउँमा बिहान ६ बजेदेखि नि’षेधाज्ञा सुरु भएको छ ।
मन्त्रिपरिषद्को बैठकले संक्रमित संख्याका आधारमा नि’षेधाज्ञा लगाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुमति दिएकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आवश्यकता अनुसार नि’षेधाज्ञा लगाउँदै आएका छन् ।








































