काठमाडौँ, वैशाख २० गते । कोरोना महामारीबीच पनि पछिल्लो महिना वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो चैतमा ७३ देशका लागि दुई हजार १०७ महिलासहित ३२ हजार १४२ जना श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेशिएका छन् ।
स्वदेशमा रोजगारीको अवसर नभएपछि कोरोनाको कहर र डरका बीचमा पनि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या बढेको हो ।
गत फागुनमा जम्मा १९ हजार ८ सय ८ जनाले श्रम स्वीकृति लिएका थिए ।








































