काठमाडौ, १९ बैशाख २०७८ । कार भित्र मृ´त फेला परेका तीनजना बालकको पहिचान खुलेको छ ।
दाङको तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको कार भित्र मृ´त फेला परेका तीनजना बालकको पहिचान खुलेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्थित स्याउली बजारमा पार्किङ गरी राखेको इण्डियन नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र मृत भेटिएका बालकहरु तुलसीपुर–६ बरुवागाउँकै रहेको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृतकहरु भिमबहादुर परियारका नौ वर्षीय छोरा किरण, सोही ठाउँका सन्तोष परियारका सात वर्षीय छोरा सुवास भन्ने सुवर्ण र किरण परियारका ६ वर्षीय छोरा करण रहेका छन् ।
श´वलाई परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ ।








































