काठमाडौं, शुक्रबार, १७ बैशाख २०७८ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमितको संख्या बढदै गइरहेको छ ।
विहीबारसम्म टेकुमा उपचाररत ६८ संक्रमितको अवस्था गम्भीर रहेको अस्पतालका निर्देशन डा.सागर राजभण्डारीले बताउनु भयो । उहाँले ६८ जनामध्ये १३ जनाको अवस्था अझ नाजुक रहेको जानकारी दिनु भयो ।








































