काठमाडौं, १७ बैशाख २०७८ । सरकारले निषेधाज्ञा जारी नगरिएका जिल्लाबाट निषेधाज्ञा भएका जिल्लामा जाने सवारीसाधनलाई रोक्न निर्देशन दिएको छ ।
बिहीबार मुख्यसचिव शंकरदास बैरागी, तीनवटै सुरक्षा प्रमुख, १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूबीच भएको ‘जुम मिटिङ’ भएको थियो उक्त छलफलमा गृहसचिव महेश्वर न्यौपानेले यस्तो निर्देशन दिएका हुन् ।
बैठकमा निषेधाज्ञा जारी गरिएका प्रजिअहरूले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न आइपरेका समस्याहरूबारे छलफल राखेका थिए ।








































