काठमाडौँ, बुधबार, १५ बैशाख २०७८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८ सय ९७ जनामा को’रोना भा’इरस सं’क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कूल स’ङ्क्रमितको स’ङ्ख्या तीन लाख १२ हजार ८ सय २२ पुगेको छ।
गत २४ घण्टामा ७ सय ७३ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७९ हजार २ सय ७४ पुगेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा काठमाडौैंमा १ हजार ४ सय ६४, भक्तपुरमा २ सय ३२ र ललितपुरमा ३ सय ५१ जना सं’क्रमित भएका छन् ।








































