Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२२:५२ बिहान
- ADVERTISEMENT -

त्रिकोणात्मक टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिको लागि नेदरल्याण्ड्सको सामना गर्दै

प्रकाशित मिति: २०७८ वैशाख ११, शनिबार

467
Shares

काठमाडौं, बैशाख ११ गते । नेपालले त्रिकोणात्मक टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिको लागि नेदरल्याण्ड्सको सामना गर्दैछ ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा अपरान्ह एक बजेपछि सुरु हुँदैछ ।

नेपाल लिग चरणको विजेता हुँदै फाइनलसम्मको यात्रा तय गरेको छ । नेदरल्याण्ड्स भने दोस्रो स्थानमा रहेर नेपालसँगको भेट सुनिश्चित गरेको हो । नेपालले प्रतियोगिताको तीन खेलमा जित हात पारेको छ । पछिल्लो खेलमा नेपालले मलेसियालाई हराएको थियो ।

नेदरल्याण्ड्स भने दुईमा जित र एक खेल बराबरी खेलेर फाइनलमा पुगेको छ । टी ट्वान्टी अन्तर्राष्ट्रियको विश्व वरियतामा १५ औं स्थानमा रहेको नेपालले नेदरल्याण्ड्सलाई हराएर विश्व वरियतामा उक्लिने सम्भाबना लिएर मैदानमा उत्रिनेछ । दर्शकको अनुपस्थिति रहेपनि नेपाललाई भने घरेलु मैदानको साथ रहनेछ ।

नेपालले लिगको अन्तिम खेलमा मलेसिया बिरुद्ध उतारेको अन्तिम एघारलाई नै प्राथमिकता दिनेछ । स्पिनर साहब आलमको स्थानमा कमल ऐरीले स्थान पाउन सक्नुहुनेछ । कमलले डेब्यु खेलमै तीन विकेट लिनुभएको थियो ।

नेपालले टी ट्वान्टी अन्तर्राष्ट्रियमा हालसम्म सात पटक स्पर्धा गरेको छ । नेपालले चार खेलमा जित हात पारेको छ भने नेदरल्याण्ड्स भने दुई खेल जितेको छ । एक खेल परिणामविहीन टुंगिएको छ ।

प्रतियोगिताको पहिलो भेटमै नेदरल्याण्ड्सलाई नौ विकेटको फराकिलो अन्तरले हराएको नेपालले दोस्रो खेलमा तीन विकेटको हार बेहोरेको थियो । पछिल्लो खेलमा नेपालको बलिङ कमजोर कडीको रुपमा देखिएको थियो । २०६ रनको योगफल तयार गरेपनि नेदरल्याण्ड्सले रोमाञ्चक स्पर्धामा तीन विकेटको जित हात पारेको थियो । उपाधिको लागि भिड्दा नेपालले बलिङमा देखिएको कमजोरीलाई सुधार्न प्रयत्नशील रहनेछ ।

नेपाली क्रिकेट टोलिका प्रमुख प्रशिक्षक डेभ व्हाटमोरको प्रशिक्षकको रुपमा पहिलो प्रतियोगिता रहेको छ । ब्याटिङमा ओपनर ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आशिफ शेषको जोडीको अभूतपूर्ब सफलताले नेपाली टोलिले हालसम्म ठूलो योगफलसम्म सहजै पुग्न सकेको छ । यद्दपी उक्त योगफलको रक्ष ागर्न सकेको छैन् ।

नेदरल्याण्ड्स भने अपेक्षाकृत सुधारिएको प्रदर्शन गर्न सकेको छैन् ।

नेपाललाई घरेलु मैदानमा पहिलो पटक टी ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगिता जित्ने अवसर समेत जुरेको छ । घरेलु मैदानमा नेपालले पहिलो पटक दक्षिण एशियाली खेलकुद खेलेको थियो । उक्त प्रतियोगिताको उपाधि बङ्गलादेशको २३ वर्ष मुनिको टोलिले जितेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -