Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४५:५१ बिहान
- ADVERTISEMENT -

कहिले सहज होला सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)

प्रकाशित मिति: २०७८ वैशाख १०, शुक्रबार

573
Shares

काठमाडौं, वैशाख १० गते । जोरपाटीका सङ्गम तामाङले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) लिन निवेदन दिएको करिब १४ महिना बित्यो । उनी चार पटक यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र एकान्त कुनाको ६ नम्बरको वितरण शाखामा पुगेर फर्केको बताउनुभयो । स्मार्ट लाइसेन्स पाउन हैरान खेप्नुपरेको उहाँले गुनासो पोख्नुभयो ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न एक वर्ष बढी समय लगाउने गरेको पाइएको हो । स्मार्ट लाइसेन्स पाउन एक वर्षभन्दा बढी कुर्नुपर्ने बाध्यता भएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले स्वीकार गर्नुभयो । स्मार्ट कार्ड कम भएकाले प्रिन्ट नगरिएको उहाँले बताउनुभयो । हामीले नयाँ कार्ड ल्याउन पहल थालेका छौं तीन महिनाभित्र नयाँ कार्ड ल्याउने लक्ष्य छ त्यसपछि समयमै लाइसेन्स वितरण गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो ।

एक वर्षभन्दा बढीदेखि लाइसेन्स नपाएको भन्दै एकान्तकुना पुगेका सेवाग्राहीले यातायात व्यवस्था विभागका कर्मचारीसँग दुखेसो पोख्ने गरेका थिए । विभागले स्मार्ट लाइसेन्स तत्काल उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो तर यो कार्यन्वयन हुनसकेको छैन । सवारी चालकहरुले समेत लाइसेन्स नहुँदा ट्राफिक प्रहरीबाट अपमान र झन्झट भोग्नुपरेको बताएका छन् । सवारी चालक शंकर राईले भने, दिएको रसिद पनि सबै अक्षर मेटिएको छ, प्रहरीले पटक पटक चिट काट्ने गरेको गुनासो पोख्दै विभागले तत्काल उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

लिखित र ट्राइल परीक्षापास गरेका, नवीकरण गर्न दिइएका मध्ये एक वर्षदेखि करिब ५० हजारभन्दा बढीको लाइसेन्स प्रिन्ट गर्न बाँकी रहेको सो कार्यालयले जनाएको छ । तर केही पहुँचवालाले भने लाइसेन्स तत्काल प्रिन्ट गर्ने गरेको पाइएको छ । यस अघि विभागले ६० वटा मेसिनबाट मासिक २ लाख ५० हजार बढी लाइसेन्स छाप्ने मेसिन खरिद गरी तत्काल लाइसेन्स उपलब्ध गराउने जनाएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -