काठमाडौं, ७ बैशाख २०७८ । त्रिकोणात्मक टि–२० सिरिज अन्तर्गत आज भएको रोमाञ्चक प्रतिस्पर्धामा नेपाललाई नेदरल्यान्ड्ले पराजित गरेको छ । नेपालले दिएको २ सय ७ रनको विशाल लक्ष्य नेदरल्यान्ड्सले ३ बल बाँकी छँदै पूरा गर्यो ।
नेपाललाई हराउन नेदरल्यान्ड्सका ब्याट्सम्यान बास डि लिडीले निर्णायक भूमिका खेले ।
त्रिवी क्रिकेट मैदानमा भएको खेलमा नेपाललाई नेदरल्यान्ड्सले ३ विकेटले हराएको हो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन जोडेको थियो ।









































